२०८१ मंसिर १० , सोमवार

संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक: निस्किएन निष्कर्ष

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरु यथावत अडान भएकाले बैठक निष्कर्षविहीन भएको हो ।

कार्यदलका सदस्यहरुले भने बैठक सकारात्मक भएको बताएका छन् ।गत आइतबार पनि यही विषयमा विवाद हुँदा कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो ।