२०८१ मंसिर ८ , शनिवार

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न

Pasupati_rYkKKnF1AF

सुनाखरी न्युज/ काठमाडौं ।

पशुपतिनाथ मन्दिरको भेटीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको गिद्दे नजर परेको खुलेको छ । मन्दिरमा चढाइएको भेटी चोरी गराउने कार्यमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ ।  कोषाध्यक्ष सुवेदीकै निर्देशनमा आफूले भेटी चोरेर उनैलाई बुझाएको पक्राउ परेका कर्मचारीहरुले जिकीर गरेका छन्। मन्दिर भित्रबाटै भेटी चोरी हुने जानकारी आएपछि सीसीटीभीको निगरानीमा राख्दा भेटी चोरीरहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जनालाई प्रहरीले हिजो रंगेहात पक्राउ परेका थिए।

पक्राउ परेका मध्ये कर्मचारी अनिल परियारले सुवेदीको नाम पनि पोलेका हुन्। कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी सङ्कलन हुन्छ। कोषका प्रवक्ता रेवति रमण अधिकारीले सङ्कलित भेटी नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको बत्तिसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्ने बताए। उनका अनुसार पक्राउ परेका अभियुक्तले ज्याकेटमा लुकाएर रकम लाने गरेको सिसिटिभी फुटेजमा देखिन्छ।

भेटी सङ्कलनको जिम्मेवारी पक्राउ परेका नवराज ढोडारीले हेर्दै आएका छन्। बाजा बजाउने कर्मचारीलाई आर्थिक नियमावली विपरीत खटाएका हुन् कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले। पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष सुवेदीले आफूहरूलाई नै पैसा संकलन गर्न र लुकाएर ल्याउन खटाएको बयान प्रहरीलाई दिएका छन्। परियारले सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म लाने गरेको बयान प्रहरीसमक्ष दिएका छन्।पक्राउ परेका परियारले ज्याकेट लगाएर आउनु भन्ने र रकम संकलनपछि लुकाएर आफ्नो जिम्मा लगाउन भन्ने गरेको बयान दिएका छन्। ‘सिसिटिभी छ, हामी यस्तो काम नगर्नेभन्दा केही हुँदैन, कसैले देख्दिैन, गर गर भन्नुभयो, अनि गरेको,’ उनले बयानमा भनेका छन्। परियारसहित भेटी चोरीको गिरोहले सोमबार मात्रै नौ हजार रुपियाँ लुकाएर लगेको बयान प्रहरीसँग दिएका छन्। कोषाध्यक्ष सुवेदीले भेटी चोरीको विषय आफूलाई थाहै नभएको भनेर तर्किए। उनले ‘कहिले–कहाँ चोरी भएको रहेछ रु मलाई थाहै छैन’ भनेर फोन राखेका छन्।