२०८१ मंसिर १४ , शुक्रवार

प्रतिनिधि सभा बैठक जेठ ११ गतेसम्मका लागि स्थगित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभा बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ।सभामुख देवराज घिमिरेले जेठ ११ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धन्यवाद प्रस्ताव टेबल गरेका थिए। गत जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएको सभामुख घिमिरेले बताए।

मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ ।यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ सभामा पेस गरेका छन्।