२०८१ आश्विन ६ , आइतवार

‘ऊनको स्विटर’को छायांकन जेठ २५ गतेबाट सुरु हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्म ‘ऊनको स्विटर’को छायांकन जेठ २५ गतेबाट सुरु हुने भएको छ । अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहने फिल्म नवीन चौहानले निर्देशन गर्न लागेका हुन् ।

निर्देशन चौहानले उपत्यका गोविन्द शाही र मोफसल वितरण कुवेर सिने डिस्ट्रिब्युसन प्रा.लि फाइनल भएसँगै छायाङ्कन मिति पनि तय भएको जानकारी दिए । फिल्मको छायाङ्कन २५ गतेबाट भए पनि सम्पूर्ण टिम १५ गतेबाटै छायाङ्कन सेटमा पुग्नेछ ।फिल्म पाँचथरका विभिन्न स्थानमा खिचिनेछ । फिल्मलाई आर्टमान्डूले निर्माण गर्नेछ ।

फिल्ममा विपिन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।फिल्मलाई निर्देशक चौहानले नै लेखेका हुन् । फिल्ममा मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन् ।