सुनाखरी न्युज/ काठमाडौं ।
केही दिनदेखि बढ्दो प्रवृत्तिमा देखिन थालेको नेप्से परिसूचकमा मंगलबार पनि वृद्धिले निरन्तरता पाएको छ।मंगलबार नेप्से २३.९४ अंकले बढेर २११५.९४ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकममा भने केही गिरावट आएको छ। सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजारको कारोबार भएकोमा मंगलबार ५ अर्ब २० करोड ६२ लाख ८ हजारको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६५ करोड रूपैयाँ कमी आएको हो।
विकास बैंक र अन्यबाहेक सबै समूहका सूचक बढे । विकास बैंक ०.२९ र ब्यापार ०.५३ प्रतिशत घटे । फाइनान्स समूह सबैभन्दा धेरै ३.५५ प्रतिशत बढ्यो । बैंकिङ १.७७, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर २.१६, लगानी ०.९१, जीवन बीमा ०.१८, उत्पादन ०.१६, माइक्रोफाइनान्स १.४७, निर्जीवन बीमा ०.२७ र अन्य ०.४१ प्रतिशत घटे ।