सुनाखरी न्युज/ काठमाडौं ।
श्रीलङ्कामा प्रतिकुल मौसाको कारण ३३ हजारभन्दा बढी मानिस प्रभावित रहेको अधिकारीले मङ्गलबार बताएका छन् ।विपद् व्यवस्थापन केन्द्रका निर्देशक प्रदीप कोडिपिलीले मौसमी प्रतिकुलताका कारण एक हजार आठ सय २७ जनालाई सुरक्षित स्थानमा पठाइएको जानकारी दिनुभयो ।
विशेषगरी देशको उत्तरी, मध्य, पश्चिमी र उत्तर–पश्चिमी भागका मानिस प्रतिकूल मौसमको कारण प्रभावित भएको उहाँले बताउनुभयो ।
मौसम विभागले मङ्लबारको पछिल्लो मौसम पूर्वानुमानमा दक्षिणपश्चिम मनसुनको अवस्था बिस्तारै देशभरि स्थापित हुँदै जाँदा वर्षा र हावाको अवस्था जारी रहने जनाएको छ ।
विभागका अनुसार पश्चिमी, सबरागमुवा र उत्तर पश्चिमी प्रान्तलगायत गाले, मटारा, क्यान्डी र नुवारा–इलिया जिल्लाका केही ठाउँमा एक सय मिलिमिटरभन्दा बढी वर्षा हुने पुर्वानुमान गरेको छ । रासस/सिन्ह्वा