२०८१ मंसिर १४ , शुक्रवार

गण्डकी र कोशी प्रदेश सरकारको भबिष्य निर्धारण गर्दै सर्वोच्च अदालत

सुनाखरी न्युज/ काठमाडौं ।

गण्डकी र  कोशी  प्रदेशमा एमालेका मुख्यमन्त्री रहेका छन् ।  दुवै विरुद्ध नेपाली कांग्रेसले मुद्दा दायर गरेको छ।

कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्ध केदार कार्कीले रिट दायर गरेका हुन् भने गण्डकी प्रदेशका अधिकारी विरुद्ध सुरेन्द्र पाण्डेले रिट दायर गरेका हुन् ।

गण्डकी प्रदेशको रिटमा मंगलवारदेखि नै सुनुवाइ सुरु भएको हो भने कोशीको आज (वुधबार) देखि सुनुवाइ हुँदै छ । गण्डकीको रिट न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ भने कोशीमा तोकिन बाँकी नै रहेको छ।