२०८१ मंसिर २ , आइतवार

सिरोहिया पक्राउबारे प्रधानमन्त्रीको प्रतिक्रिया- अदालती प्रक्रिया हो, बढ्ता हो-हल्ला गर्न जरूरी छैन

Capture

सुनाखरी न्युज/ काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको बताएका छन् ।

बुधवार एक कार्यक्रमपछि ‘कैलाश सिरोहिया पक्राउ प्रकरणलाई कसरी हेर्नुभएको छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले अदालतले प्रक्रिया अगाडि बढाउने दिएको आदेशबाहेक आफूले अरू कुरा नजान्ने बताए ।

‘अदालतले प्रक्रिया अगाडी बढाउ भनेपछि अदालती प्रक्रिया बुझेको छु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई’, प्रधानमन्त्रीको जवाफ छ ।

गृहमन्त्री रवि लामिछाने सिरोहियाको सवालमा व्यक्तिगत रूपमै उत्रेको भन्ने भनाइमा पनि सत्यता नभएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘त्यो मान्छेहरूले भन्ने कुरा मात्रै हो ।

अब उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ । यो हल भइहाल्छ ।’ नागरिकता दुरुपयोग गरेको भन्दै उजुरी परेपछि सिरोहिया मंगलबार पक्राउ परेका थिए ।