२०८१ आश्विन ६ , आइतवार

१०० जना दर्शकमाझ ‘पुजार सार्की’को प्रिमियर

Capture

सुनाखरी न्युज/ काठमाडौं।

फिल्मकर्मी र मिडियालाई बोलाएर प्रिमियर गर्ने चलन नयाँ रहेन । ‘पुजार सार्की’ले भने एक सर्वेक्षणबाट छनोट भएका १०० जना दर्शकसामु फिल्मको प्रिमियर गरेको छ ।

मंगलबार बेलुका सीडीसी हलमा गरिएको विशेष शोमा त्यसरी छनोट गरिएका दर्शकसँग ‘कास्ट एन्ड क्रू’ले फिल्म हेरे । यो फिल्म हेर्नको लागि व्यग्र प्रतीक्षामा रहेका दर्शकलाई छनोट गरेर फिल्म देखाइएको निर्देशक दिनेश राउतले बताए ।

‘नेपाली फिल्मको इतिहासमा पहिलोपटक रिलिजअगावै दर्शकलाई फिल्म देखाएका छौं,’ राउतले भने, ‘सयभन्दा बढी दर्शकमाझ गरिएको सर्भेबाट यो फिल्म देखाएका हौं ।’दर्शकसँगै फिल्मका कलाकारले पनि हेरेका थिए ।

जातीय विभेदविरुद्ध संघर्ष गर्ने पात्रको कथावस्तुमा बनेको फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बू र अञ्जना बराइलीको मुख्य भूमिका छ । पटकथा विकास सुवेदीले लेखेका हुन् यो फिल्म बुद्ध जयन्तीको दिन पारेर बिहीबार नेपालसहित विदेशमा रिलिज हुँदैछ ।