२०८१ आश्विन ६ , आइतवार

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा युएईमा आयोजित साँगीतिक कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ दुबई।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बर दुबईको एस् के–७क्लबमा“उत्सव र उमङ्ग, सिटी एक्सप्रेस सँग”शीर्षकमा भव्य साँगीतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेकाथिए । टण्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रहगर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पु¥याएको बताए ।

कार्यक्रममा टण्डनले सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशमा रहेका नेपालीहरुको कमाईलाई सुरक्षित रुपमा पठाउन सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । साथै, कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिंदै नेपालीहरूको मनोरञ्जनका लागि यस्ता कार्यक्रम आयोजना गर्दा थप सन्तुष्टि मिलेको पनिउनले व्यक्त गरे ।

साँगीतिक कार्यक्रमले क्लबलाई उल्लासमय बनाएको थियो। नेपालका प्रसिद्ध कलाकारहरुले आफ्ना प्रस्तुति दिएर दर्शकलाई मन्त्र मुग्ध पारे । च्र्चित हाँस्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको प्रस्तुति दर्शकले निकै रुचाएका थिए । यस्तै, च्र्चित आधुनिक गायिका मिलन नेवारको स्वरले कार्यक्रमलाई थप भव्य बनाएको थियो ।

लोकप्रिय लोक दोहोरी गायक खेम सन्चुरी र गायिका शान्तीश्री परियारले गीतमार्फत् उत्कृष्ट प्रस्तुति दिएका थिए भने कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिएकी थिइन् ।