२०८१ मंसिर १० , सोमवार

दराज नेपाललाई १५ औ टाटा एसएभी हस्तान्तरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दराजले ई-कमर्स अर्थात् विद्युतीय व्यापारको क्षेत्रमा नेपालमा नयाँ युग को सुरुवात गरेको कुरामा दुई मत नहोला। नयाँ प्रविधि र सोचका साथ अघि बढ्दै जाँदा आफ्नो कार्यले वातावरणमा कम प्रभाव परोस् भनेर दराजले विभिन्न नयाँ प्रबिधीप्रयोग गर्दै आएको छ। जस्तै पुनस्प्रसोधन गर्न मिल्ने प्याकेजिंग सामग्रीको प्रयोग, सौर्य उर्जामा लगानी, कागजको खपत न्यूनीकरण, ढुवानीमा विद्युतीय गाडीको प्रयोग, साना डेलिभरीका लागि इभी स्कुटर प्रयोग गर्दै आएको बताएको छ।

खर्च, उपयोगिता, सहजता, वातावरण संरक्षण जस्ता विभिन्न मानकमा नेपालमा ढुवानीका लागि विद्युतीय गाडी कति उपयुक्त होला भन्ने दुविधाका बीच दराजले विभिन्न ब्राण्डका कमर्सियल गाडीको परीक्षण गर्यो। टाटाको एस ईभीले आफ्नो आवश्यकता पूर्ण गर्ने अधिक सम्भावाना देखेर दराजको टोली भारतमा अवस्थित टाटा मोटर्सको फ्याक्ट्री समेत भ्रमण गर्यो ।१५ दिन सम्म काठमाडौंमा विशेष रुपमा गाडीको ट्रायल गरेर टाटा एस ईभीको कार्यक्षमताबाट पूर्ण सन्तुष्ट भएर सेप्टेम्बर २०२३ मा २ वटा गाडी लिएर काम सुरु गरेको दराजले डिसेम्बर २०२३ सम्म अर्को ५ वटा गाडी थप्दै ७ वटा पुर्यायो।

अब पूर्ण विश्वास भएपछि थप ८ वटा एस इभी खरिद गर्दै दराजले अप्रिल २०२४ सम्म आफ्नो ढुवानीमा १५ वटा एस इभी पुर्याएको छ।कार्बन उत्सर्जनले वातावरणमा पार्ने दुषप्रभावलाई न्यूनीकरण गर्न टाटा मोटर्सले पनि विभिन्न विद्युतीय सवारी बजारमा ल्याइसकेको छ।उही पुरानो विश्वासिलो प्लाटफर्ममा विद्युतीय सवारीको विकल्प पाउँदा सबैलाई सहज अनुभूति हुने नै भयो साथै यसले दिगो विकास तर्फ आफ्नो प्रतिबद्धतालाई पनि उजागर  गर्ने बताइएको छ।हिजो आयोजना गरिएको साँचो हस्तान्तरण कार्यक्रमले पनि नवीन र वातावरण मैत्री ढुवानीका विकल्प रोजी दिगो विकासमा टेवा पुर्याउने टाटा मोटर्स र दराजको संयुक्त प्रयासलाई उजागर गर्छ।

“हामी हाम्रो १५औं टाटा एसईभी दराज नेपाललाई प्रदान गर्न पाउँदा खुसी छौं र यो साझेदारी बाट दुवानी क्षेत्रमा एउटा नवीन र दिगो आयाम थप्ने हामीलाई विश्वास छ । दराजले पर्यावरण-मैत्री सवारी साधनहरूको प्रयोग गरी आफ्नो ढुवानीसंजाललाई सबल बनाउँदै जाँदा हाम्रो साथ निरन्तर रहिरहने छ । आवश्यक सर्भिस विकल्प र टाटा प्रोटेक्ट जस्ता २४ घण्टा भित्रै गाडी मर्मत गर्ने सुविधाले टाटा एस ईभी संचालन मा थप सहयोग प्रदान गर्नेछ ।”

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग कमर्सियल भेहिकल युनिटका सिनियर जीएम अनुपमणि ढकालले बताए।यस्तै दराज नेपालका तर्फबाट बोल्दै दराज एक्सप्रेसकाप्रमुख, सन्तोष विष्टले भने”हामी संग भएको कुल सवारी साधनहरु मध्य टाटा एस ईभीले दीर्घकालीन रुपमा लागत लाई कम गर्न हाम्रो प्रतिबद्धतालाई टेवा दिन्छ। हाम्रा ग्राहकहरूको बढ्दो मागहरू पूरा गर्दै हाम्रा वातावरणीय रब्यबसायिक लक्ष्यहरूलाई अघि बढाउन सिप्रदी ट्रेडिङसँगको सहकार्य जारी राख्न पाउँदा हामी उत्साहित छौं।”

टाटा एस ईभी उही बहुचर्चित “छोटा हात्ती”को प्ल्याटफर्ममा बनेको टाटा मोटर्सको “इभी जेनु पावरट्रेन विशेषता भएको पहिलो उत्पादन हो।यसले एक पटकको पूरा चार्जमा १५४८ किलोमिटर रेन्ज प्रदान गर्छ।एस इभीमा इफिसिएन्ट ब्याट्री कुलिंग सिस्टम र रिजेनेरेटिभ ब्रेकिंग प्रणाली पाउन सकिन्छ जसले गर्दा गाडीलाई सुरक्षित ढंगमा हरेक प्रकारको मौसममा चलाउन सकिन्छ।

म्याकसिमम् पर्मेसिबल कार्गो भोलुम र २२५ ग्रेडीबिलिटी क्षमता सुनिश्चित गर्न एस इभी मा१३० एनएम टोर्क को साथ २७ किलोवाट मोटरद्वारा सञ्चालित छ। गाडी पुरै लोड भएको अवस्थामा पनि सहजै उकालोमा समेत चलाउन सकिने बताए । एस इभीको कन्टेनर नेपालका आवश्यकताहरू पूरा गर्न विशेष रूपमा कस्टमाइज गरिएको छ।कम‍पनीले एस इभीमा ६ वर्ष वा १.६ लाख किलोमिटरको ब्याट्री वारेन्टी दिएको छभने ग्राउन्ड क्लेरेन्स १६० एमएम छ। यसको ह्विलबेस २१०० एमएम छ। टाटा एस इभी आइपी ६७ रेटेड छ।