२०८१ आश्विन ६ , आइतवार

हलमा लागे ‘फर्की फर्की’ र ‘पुजार सार्की’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि रिलिज भएका दुई नेपाली फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले घरेलु बक्स अफिसमा उत्साहजनक ओपनिङ गर्ने देखिएको छ । काठमाडौं उपत्यका र बाहिरका हलमा बिहानैदेखि दुवै फिल्मको अकुपेन्सी सुखद् छ, जुन पहिलो सप्ताहन्तका लागि राहतपूर्ण खबर हो ।

बिहीबार बिहान ३० देखि ४० प्रतिशत अकुपेन्सी हाराहारीमा प्रदर्शन थालेका दुवै फिल्मले अपरान्हदेखि पिकअप लिने देखिन्छ ।‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ लगायतको शीर्ष भूमिका छ । यसको रनटाइम १४६ मिनेट छ ।

‘पुजार सार्की’ले काठमाडौंका मुख्य मल्टिप्लेक्स चेनसहित उपत्यकाबाहिरका हलमा समेत राम्रो अकुपेन्सी प्राप्त गरेको देखिएको छ । मध्यान्हदेखि दिनेश राउत निर्देशित फिल्मले पिकअप लिएको छ । दमौलीजस्ता साना स्टेसनमा पनि फिल्मको अकुपेन्सी मध्यान्हमा ५० प्रतिशत पुग्नु यसको राम्रो पक्ष हो ।

‘पुजार सार्की’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो । २०४६ सालको जनआन्दोलनको सेटिङमा तयार भएको यो फिल्ममा मुख्य पात्रले जातीय विभेदविरुद्ध गर्ने संघर्षको कथावस्तु छ ।‘पुजार सार्की’मा आर्यन सिग्देल, पल शाह, प्रदीप खड्का, परीक्षा लिम्बू र अञ्जना बराइलीको शीर्ष भूमिका छ । यसको रनटाइम १३८ मिनेट छ ।