२०८१ आश्विन ६ , आइतवार

हिट-स्ट्रोक भएपछि बलिउड अभिनेता शाहरुख खान अस्पतालमा भर्ना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आईपीएल क्रिकेटको क्रममा हिट-स्ट्रोक भएपछि बलिउड अभिनेता शाहरुख खानलाई अहमदावादको एक अस्पतालमा भर्ना गरिएको छ । अहिले पनि उनी सोही अस्पतालमा उपचार गराइरहेका छन् ।

गर्मीको कारण शरीरमा तरल पदार्थको कमी भएपछि उनलाई बुधबार बेलुका अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।अहिले पनि उनी अस्पतालमै उपचाररत छन् । सम्भवतः उनी शुक्रबार बिहानसम्म डिस्चार्ज हुनसक्ने जनाइएको छ । उनी मंगलबार नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्स (केकेआर) टोलीको खेलमा सहभागी हुन अहमदाबाद पुगेका थिए ।

पछिल्लो चार दिनदेखि अहमदाबाद, गान्धीनगर र आसपासका क्षेत्रमा अधिकतम तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियसको बीचमा रेकर्ड भइरहेको छ । जसकारण मौसम विभागले अहमदाबादमा थप दुई दिनका लागि रेड अलर्ट जारी गरेको छ ।