२०८१ आश्विन ६ , आइतवार

‘लापता लेडिज’ नेटफ्ल्क्सिमा बन्यो दोस्रो धेरै हेरिने हिन्दी फिल्म

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

किरण राव निर्देशित बलिउड फिल्म ‘लापता लेडिज’ यस वर्षको सरप्राइज बलिउड हिट हो । १ मार्चमा हलमा रिलिज भएको यो फिल्मसँग न कुनै ठूलो स्टार थिए, न ठूलो प्रोडक्सन हाउसको ठूलो बजेटको फिल्म थियो ।

फिल्मको कथालाई यति रुचाइयो कि कम बजेटको यो फिल्म हलमा हिट सावित भयो । २६ अप्रिलमा नेटफ्ल्क्सिमा रिलिज भएपछि यो फिल्मको लोकप्रियता अझै वृद्धि भयो ।

किरण रावको यो फिल्मले यतिबेला ओटीटीमा कीर्तिमान रचेको छ । किरण रावको ‘लापता लेडिज’ले २४ दिनमा १३.८ मिलियन भ्युज प्राप्त गरेको छ । यो फिल्म सन् २०२४ मा नेटफ्लिक्समा धेरै हेरिने दोस्रो हिन्दी फिल्म बनेको छ ।

पछिल्लो साता यो फिल्म नेटफ्ल्क्सिमा धेरै हेरिने पाँचौं गैरअंग्रेजी फिल्म बन्यो । १७ मिलियनभन्दा बढी भ्युजसहित ऋतिक रोशन र दीपिका पादुकोण स्टारर ‘फाइटर’ अहिलेसम्म नेटफ्ल्क्सिमा धेरै हेरिने भारतीय फिल्म बनेको छ । अहिलेसम्म यो फिल्मलाई १३ मिलियन भ्युज मिलेको छ ।