२०८१ मंसिर १० , सोमवार

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा.लि.र प्रभु बैंकबीच विशेष छुट सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्गस्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा.लि(BEGCPL)ले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी,शल्यक्रिया,पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ।

एक समारोहका बिच भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रा.लि(BEGCPL)का संचालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेशका प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रि कुमार कटवालले समझदारी ज्ञापनपत्र(MOU)मा हस्ताक्षर गरे ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रा.लि( BEGCPL)मा पेश गर्नुपर्ने बताए ।नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रा.लि(BEGCPL)ले निरन्तर स्तरिय आँखा सम्बन्धित स्वास्थ्य उपचार सेवाप्रदान गर्दै आइरहेको छ।

स्वास्थ्य प्रति जागरुक नागरिकहरुका लागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा.लि(BEGCPL)मा परामर्श तथा उपचार सेवाहरुमा१०∞ देखि १५∞ सम्मको छुट व्यवस्था रहेको छ ।