२०८१ आश्विन ६ , आइतवार

अष्ट्रेलिया उडे महजोडी सहितका कलाकार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दशकपछि अष्ट्रेलियाली डायस्पोरामा ‘महजात्रा’का लागि महजोडी बिहीबार त्यसतर्फ लागेका छन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित कलाकार कुन्ती मोक्तान, नरेन्द्र कंसाकार र किरण केसी अष्ट्रेलिया उडेका हुन् ।

दशकपछि अष्ट्रेलियामा ‘महजात्रा’ आयोजना हुन लागेको हो । जुन २ तारिखदेखि सुरु हुने कार्यक्रम सिड्नी, मेलबर्न, पर्थ, क्यानबेरा, एडिलेड र न्युजिल्यान्डको अकल्याण्ड र क्राइस्टचर्चमा हुनेछ ।

मार्कक्यू होम्स र एभरेस्ट ट्राभलको आयोजनामा हुने कार्यक्रमको व्यवस्थापन इभेन्ट कम्पनी ड्रिम हाइट्सले गर्नेछ ।