२०८१ मंसिर २ , आइतवार

सहकारी ठगी प्रकरणमा व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्ने अडान कायमै राख्ने कांग्रेसको निर्णय

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ ।

कांग्रेस नेताहरुको आज बिहान  आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो ।

 

बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला । कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरु कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ।’

तर, सत्ता पक्षका नेताहरुले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेका छन् । त्यसमा कांग्रेस सहमत छैन ।

 

उनले अगाडि भने, ‘उहाँहरु त एकपछि अर्को गरी कसरी हुन्छ, उम्किने बाटोतिर जाने कोसिस गर्दै हुनुहुन्छ । त्यसप्रति हामी सचेत छौं ।’

आन्तरिक छलफलअघि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए ।

सहकारीकै विषयलाई लिएर कांग्रेसले आजै काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।