२०८१ आश्विन ६ , आइतवार

फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे विस्तृत प्रकाश पार्छ ।ट्रेलरमा साम्राज्ञी शाह र गरिमा शर्माको डेब्यु अभिनेता निश्चल खड्काले निर्वाह गरेको पात्रसँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई दर्शाएको छ ।

फिल्मको कथा यात्राको क्रममा हुने प्रेम हो । पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको पनि अभिनय छ ।

अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा छन् ।सनिष खकुरेल र अजित केआर थापा सहनिर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । यो फिल्म जेठ २५ गतेदेखि रिलिज हुँदैछ ।