२०८१ मंसिर १३ , बिहिवार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट,कारोबार रकम पनि घट्यो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।नेप्से २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकममा पनि गिरावट आएको छ।

अघिल्लो कारोबार दिन अर्थात् बुधबार ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रूपैयाँको कारोबार भएकोमा आइतबार ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रूपैयाँको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब २४ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३१५ वटा धितोपत्रको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर किनबेच भएको हो।जम्मा २९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै ३.३७ प्रतिशत बढ्यो ।

अरु समूहका सूचक घटेका छन् । बैंकिङ ०.८७, विकास बैंक १.१६, फाइनान्स २.१९, हाइड्रोपावर १.६२, लगानी १.४, जीवन बीमा ०.८०, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.७८, निर्जीवन बीमा १.०१, अन्य ०.८९ र व्यापार समूह १.२३ प्रतिशतले घटे ।