२०८१ मंसिर १० , सोमवार

गृहमन्त्री लामिछानेविरुद्ध सडक संघर्षमा उत्रियो कांग्रेस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सहकारी ठगीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सडकमा पनि उत्रेको छ ।सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको दाबी गर्दै संसदीय समिति गठनको माग राखेर सदन अवरोध गरिरहेको कांग्रेस आइतबारदेखि सडकमा उत्रिएको छ ।

गत फागुनमा गठबन्धन फेरिएर सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरिरहेको छ ।

संसदमा कांग्रेसको नाराबाजीका बिच सरकार पक्ष पेलेर जान खोजेपछि कांग्रेस सडकमा उत्रिएको छ ।प्रदर्शनमा कांग्रेसले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समिति गठन, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिबारे नारा अगाडि सारको छ ।