सुनाखरी न्युज/ काठमाडौं ।
एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एनआई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयानुसार मिलन सिग्देलज्यूलाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरे बमोजिम यस संस्थाको सञ्चालक समितिको २१४औँ बैठकले उहाँलाई सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको छ ।
नवनियुक्त सञ्चालक मिलन सिग्देलज्यूले संस्थाका अध्यक्ष सुवर्ण पौडेलज्यू समक्षशपथ ग्रहण गरी आफ्नो पद बहाल गरेको छ । करीब १० वर्ष भन्दा बढीको लेखा परीक्षण, बीमा तथा वित्तीय क्षेत्रमा कार्यानुभव भएको मिलन सिग्डेलज्यू पेशाले चार्टर्ड एकाउन्टेन्ट हो ।
उहाँको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको जनाए ।