२०८१ पुष १८ , बिहिवार

मौद्रिक नीतिको तेस्रो समीक्षामा गरिएका व्यवस्था कार्यान्वयनमा

nrb

सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले गरेका संशोधन आइतबार बाट कार्यान्ययनमा आएको छ।

राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै यस्तो संशोधन आइतबारबाट कार्यान्वयनमा ल्याएको हो।

एकीकृत परिपत्र संशोधन पश्चात् बैंक तथा वित्तीय संस्थाहरूको एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने भएका छन्।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जामा रहेको जोखिम भार १०० प्रतिशत कायम गरेको छ।

यसअघि २५ लाखसम्मको यस्तो कर्जामा कर्जामा एक सय प्रतिशत र सोभन्दा माथि रकमको कर्जामा १ सय २५ प्रतिशतसम्म जोखिमभार राखएिको थियो।

घरजग्गा खरिद प्रयोजनको लागि जाने ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत गरेको छ।

 

 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको लागि १.२५ प्रतिशत कर्जा नोक्सानी राख्नुपर्ने व्यवस्था घटाएर १.२० प्रतिशत कर्जा नोक्सानी राखे पुग्ने व्यवस्था गरेको छ।