२०८१ पुष १३ , शनिवार

१० वर्षपछि कोलकातालाई तेस्रो पटक आईपीएलको उपाधि

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ ।

कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो ।११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

कोलकाताले जितसँगै २० करोड भारतीय रुपैयाँ पुरस्कार पनि पाएको छ । उपविजेता बनेको सनराइजर्स हैदराबादले १२ करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पाएको छ ।

कोलकाताले पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै फाइनलमा पुगेको थियो । हैदराबादले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।