२०८१ आश्विन ६ , आइतवार

‘सतीदेवी’को दोस्रो पोस्टर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री मलिका महतले शिशुलाई स्तनपान गराइरहेकी छन् । छेउमा उनका दुई बहिनी चिन्तित मुडमा छन् ।

मलिकासँगै बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँ पनि रोइरहेका छन् ।पोस्टरमा ‘छोरी पुजौं, छोरी बुझौं, यिनै सारा संसार’ उल्लेख गरिएको छ ।

यो फिल्मले सौराह दक्षिण एसियाली फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामिण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको छ ।यो फिल्म साउन ४ गतेदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।