२०८१ मंसिर १३ , बिहिवार

‘न्यूरोड साँघुरो गर्न पाइँदैन’भन्दै महानगरविरुद्ध सडकमा उत्रिए न्युरोडका स्थानीय

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

न्युरोडलाई साँघुरो बनाउन लागेको भन्दै त्यहाँका स्थानीय आन्दोलित भएका छन्।काठमाडौं महानगरपालिकाले न्युरोड सडक क्षेत्रमा फुटपाथ बनाउनका लागि सडक काट्न थालेको थियो।

सोमबार न्युरोडका स्थानीयहरूले न्यूरोड गेटदेखि मानवसाङ्लो बनाएर महानगरको उक्त कदमप्रति विरोध जनाएका हुन्।महानगरपालिकाले अनुमति बिना न्युरोडको सडक काट्ने काम गरेको भन्दै विभाग अन्तरगतको डिभिजन कार्यालयले महानगरको सडक काट्ने मेसिन जफल गरेको थियो ।

त्यसैको रिसमा मेयर बालेन शाहले विभागको कार्यालय अगाडि एक ट्रक धुलो लगेर फालिदिएका थिए ।