२०८१ आश्विन ६ , आइतवार

जापानमा फिल्म ‘पुजार सार्की’हेर्न दर्शकको भीड

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जापानस्थित नेपाली डायस्पोरामा फिल्म ‘पुजार सार्की’ प्रदर्शन गरिएको छ । एकै शोमा १५ सय दर्शकले फिल्म हेरेको वितरक सचिन आचार्यले जानकारी दिए ।उक्त शोमा सहभागी हुन अभिनेता पल शाह र पटकथाकार विकास सुवेदी टोकियो पुगेका छन् । नाकानो जेरो हलमा आयोजित शोमा फिल्म हेर्न पुगेका दर्शकको भीडको फोटो र भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।

वितरक आचार्यले फिल्म हेर्न आएको भीड अनियन्त्रित भएको बताए । ‘हामीले भीड थाम्नै नसक्ने अवस्था थियो” उनले भने ।यो शोपछि जापानमा अन्य शो आयोजनाका लागि पनि प्रस्ताव आइरहेको उनले बताए । थप चार शो तय छन् । १५ सय जनाभन्दा धेरै भएपछि उभिएर र भुईंमै बसेर पुजार सार्की हेरे,’ उनले भने ।

शो सकिएपछि पलले स्टेजमा नृत्य समेत गरे । दिनेश राउत निर्देशित यो फिल्ममा पलसहित प्रदीप खड्का, आर्यन सिग्देल, परीक्षा लिम्बू र अञ्जना बराइलीको शीर्ष भूमिका छ । फिल्मले जातीय विभेदविरुद्धको कथा पेश गर्छ ।