सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ।चाँदी मंगलबार प्रतितोला १९ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।