२०८१ मंसिर १३ , बिहिवार

महिनावारीको बेला महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्न नपर्ने गृहमन्त्रीको घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सो घोषणा गरेका हुन् ।

उनले लेखेका छन्–‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन ।’ त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने छन् ।

लामिछानेले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन्