सुनाखरी न्युज/ काठमाडौं ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङ्ग पुनःखोल्ने काम गर्ने तयारी अवस्थामा रहेको बताउनुभएको छ ।राष्ट्रपतिले प्यालेस्टिनी पक्ष सन् २००५ मा क्रसिङ्गको व्यवस्थापनका लागि हस्ताक्षर गरिएको सम्झौता अन्तर्गत रफाह क्रसिङ्ग पुनःखोल्न तयार रहेको प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफएले जनाएको छ ।
युरोपियन युनियन (ईयू)को विदेश नीति प्रमुख, जोसेप बोरेलको बयानको प्रतिक्रियामा ईयूले रफाहमा आफ्नो सीमा सहायता मिसन पुनःसक्रिय गर्न सहमत भएको घोषणा गरेको थियो ।बोरेलले ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा सीमा मिसनको पुनःउत्थानका लागि इजिप्ट, प्यालेस्टाइन र इजरायलको समर्थन आवश्यक पर्ने बताउनुभएको छ ।
इजरायली सेनाले गाजा नियन्त्रणमा लिएदेखि गाजामा सहायताका लागि मुख्य प्रवेश बिन्दु रफाह क्रसिङ्ग लगभग तीन हप्तादेखि बन्द भएको समयमा बोरेलको यस्तो बयान आएको हो ।
युरोपेली सङ्घद्वारा सन् २००५ मा रफाहमा तैनाथ गरिएको सीमा सहायता मिसनले प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलनद्वारा गाजा नियन्त्रण गरेपछि सन् २००७ देखि स्थगित गरेको थियो । रासस/सिन्ह्वा