२०८१ मंसिर १३ , बिहिवार

नेप्से परिसूचकमा गिरावट,कारोबार रकम भने बढ्यो

Share

सुनाखरी न्युज/ काठमाडौं ।

बजेट घोषणापछि सेयर बजार घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २३.८१ अंक (१.१२ प्रतिशत) घटेको छ ।नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो ।

कुल ५६ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो । उत्पादन समूहको सूचक सबैभन्दा धेरै २.६८ प्रतिशत बढ्यो । होटल तथा पर्यटन १.१३, ब्यापार ०.६९ तथा फाइनान्स समूह ०.१४ प्रतिशत घटे ।

बैंकिङ समूहको सूचक सबैभन्दा धेरै २.९४ प्रतिशत घट्यो । विकास बैंक १.११, हाइड्रोपावर ०.११, लगानी ०.८३, जीवन बीमा १.३०, माइक्रोफाइनान्स १.७१, निर्जीवन बीमा ०.९६ र अन्य समूह ०.७० प्रतिशत घट्यो ।