२०८१ मंसिर ७ , शुक्रवार

भन्सारदरमा भएको बृद्धिले ह्वात्तै बढ्यो सुनको मुल्य, आज कतिमा हुँदैछ कारोबार ? (भन्सार दर सहित)

Gold

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत सुन र चाँदीको आयातमा लाग्ने भन्सार दर वृद्धि गरेसँगै सुनको मुल्य ह्वात्तै बढेको छ ।  भन्सार महशुल विधेयक २०८१ मार्फत विद्यमान भन्सार दर परिमार्जन गरिए पछि एकाएक सुनको मुल्य उच्च बढेको हो ।
भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्य बिक्रम खड्काका अनुसार कच्चा सुनको आयातमा लाग्ने भन्सार दर विद्यमान १५ प्रतिशत वाट वृद्धिगरी २० प्रतिशत पु¥याइएको छ । यस्तै चाँदीको आयातमा सार्क क्षेत्रवाट ६ प्रतिशत र अन्य देशवाट १० प्रतिशत भन्सार लाग्ने ब्यवस्था भएको छ ।

कतिमा हुँदैछ आजको कारोबार ?
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रति तोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै यस दिन प्रति तोला ताँदीको मुल्य १ हजार ६ सय २९ कायम भएको छ ।

विस्तृतका विधेयकमा भएको जस्ताको तस्तै:

यसैगरी विदेशवाट आउने नेपाालीले ल्याउन पाउने सुनको सिमा पनि परिमार्जन भएको छ ।