२०८१ पुष २७ , शनिवार

दैनिक ४ सय मेगावाट विद्युत् भारत निर्यात

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालले दैनिक ४ सय मेगावाट बिजुली भारत निर्यात गर्न थालेको छ ।वर्षातले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेको र यसले जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतमा पुन विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् १४ जेठ रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो ।

खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनामा विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त विद्युत् निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक ४ सय मेगावाट हाराहारी बिजुली भारत निर्यात भइरहेको जानकारी दिए ।उनका अनुसार पिक समयमा नेपालभित्रको खपत पनि २ हजार मेगावाट पुगेको छ ।सात/आठ वर्षअघि दैनिक विद्युत् खपत एक/डेढ करोड युनिट हाराहारी रहेकोमा अहिले बढेर साढे ४ करोड युनिट पुगेको समेत उनले बताए ।