२०८१ आश्विन ५ , शनिवार

‘छक्कापञ्जा ५’को छायांकन आजदेखि,नायिकामा वर्षा सिवाकोटी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘छक्कापञ्जा ५’को छायांकन आजदेखि सुरु हुँदैछ । निर्माताले बिहीवार टीजर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् ।

जसअनुसार यो फिल्म दशैं छेकोमा असोज २४ गते फूलपातिमा रिलिज हुनेछ । शीर्ष अभिनेत्रीमा वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । दीपकराज गिरी र केदार घिमिरे माग्ने बुढा पनि फिल्ममा छन् ।

अन्य कलाकारबारे खुलाइएको छैन । दीपाश्रीले निर्देशन गर्ने यो फिल्मले अर्थ-सामाजिक आयामलाई व्यंग्य गर्ने निर्माता तथा अभिनेता गिरीले जानकारी दिए ।काभ्रेको पाँचखाल क्षेत्र, पनौति, पोखरा आसपासमा ४५ दिनसम्म फिल्मको छायांकन हुनेछ । यो फिल्म दीपकको आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो ।