२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

असार ७ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा पूजा शर्मा स्टारर फिल्मको एक्सनप्रधान ट्रेलर लन्च गरियो ।रोमान्टिक फिल्ममा देखिँदै आएकी शर्माको यो पहिलो एक्सन फिल्म हो ।

डेब्यु एक्टर कुन्साङ बोमजोमलाई पनि यसमा देख्न सकिन्छ । कुन्साङले निर्वाह गरेको पात्रको हत्यापछि यसको बदला लिन पूजाको चरित्र प्रतिशोधमा उत्रन्छ ।

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा विशाल पहाडी, राजाराम पौडेललगायतको अभिनय छ । पवन रानामगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह-निर्माता छन् ।

फिल्ममा सन्जोग कुवँर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ ।