सुनाखरी न्युज/ काठमाडौं ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित श्री क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागिमिति २०८१/०२/१७गतेका दिन स्कूल ब्याग वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन गरेकोमा विद्यालयका प्रधानाध्यापक यज्ञ रत्न शाक्य,यस संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी,सहायक महाप्रबन्धक श्रीमती
अर्चना प्रधान, मुख्य प्रबन्धक श्रीमती शिल्पा प्रधानाङ्ग तथा यस संस्थाका अन्य कर्मचारीहरु तथा सो विद्यालयको शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको समुपस्थिति रहेको थियो ।