२०८१ मंसिर १० , सोमवार

त्रिविको शैक्षिक क्यालेण्डर सार्वजनिक, परीक्षा लिएको ३ महिनामा नतिजा

TU-Discussion

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

उपकुलपति कार्यालयमा विभिन्न २० वटा विद्यार्थी संगठनका प्रतिनिधिलाई बोलाएर बिहीबार त्रिविले शैक्षिक क्यालेण्डर सार्वजनिक गर्नुका साथै त्यसको कार्यान्वयनका लागि उनीहरुको प्रतिवद्धता मागेको छ ।

 

शैक्षिक क्यालेण्डर अनुसार सेमेस्टर प्रणालीमा परीक्षा लिएको ३ देखि ४ महिनाभित्रमा नतिजा प्रकाशन हुनेछ ।

के छ प्रस्तावित क्यालेण्डरमा ?

 

त्रिविले शैक्षिक वर्ष २०८१ का लागि प्रस्ताव गरेको क्यालेण्डरअनुसार सेमेस्टर अन्तर्गतका कृषि तथा वन विज्ञान, इन्जिनियरिङ, फरेष्ट्री, विज्ञान तथा प्रविधि संकायका लागि स्नातक तहको आवेदन फारम भर्ने समय साउनको तेस्रो सातादेखि भदौको दोस्रो सातासम्म रहनेछ ।

कानुन, मानविकी तथा समाजशास्त्र र व्यवस्थापन संकायका सेमेस्टरका लागि पनि यही शैक्षिक क्यालेण्डर लागू हुनेछ । यी संकायको प्रवेश परीक्षा भदौको तेस्रो साता हुनेछ । भर्ना भदौको चौथो हप्ता खुल्ने र पहिलो सेमेस्टरको पढाइ असोजको पहिलो सातादेखि हुनेछ ।

पहिलो सेमेस्टरको परीक्षा २०८१ पुस ३ गते सुरु हुनेछ भने २०८२ वैशाख १ गते नतिजा प्रकाशन हुनेछ ।

माघको २ गतेबाट दोस्रो सेमेस्टरको पढाइ सुरु हुनेछ । २०८२ असार २ गतेदेखि तेस्रो सेमेस्टरको पढाइ सुरु हुने र २०८२ मंसिर ३ देखि चौथो सेमेस्टरको पढाइ सुरु गर्ने त्रिविले जनाएको छ ।

२०८३ जेठ १ गतेबाट पाँचौ सेमेस्टर सुरु हुनेछ । छैटौं सेमेस्टर २०८३ मंसिर १, सातौं २०८४ वैशाख २ र आठौं सेमेस्टरको पढाइ २०८४ कात्तिक ४ गतेबाट सुरु हुने त्रिविले जनाएको छ ।

वार्षिक कार्यक्रमका विज्ञान तथा प्रविधि संकायअन्तर्गत बीएससी जनरल, बीटेक फुड, शिक्षाशास्त्र, मानविकी तथा समाजशास्त्र अन्तर्गत, एफएचएसस, बीए, बीएसडब्लू र व्यवस्थापन संकायअन्तर्गत एफओएम, बीबीएस पहिलो वर्षको भर्ना साउन तेस्रो सातादेखि भदौ दोस्रो सातासम्म चल्नेछ ।

भदौको चौथो सातादेखि कक्षा सुरु हुने र २०८२ चैत चौथो सातामा परीक्षा फारम खुल्ने त्रिविले जनाएको छ । पहिलो वर्षको पढाइ २०८२ को जेठ पहिलो सातामा सकिने छ । जेठको चौथो सातामा परीक्षा र २०८२ असोज दोस्रो साता नतिजा प्रकाशन गर्ने शैक्षिक क्यालेण्डरमा उल्लेख गरिएको छ ।

त्रिविले प्रस्ताव गरेको स्नातकोत्तर तहको शैक्षिक सत्र २०८१ अनुसार पहिलो सेमेस्टरको आवेदन फारम आगामी मंसिरमा खुल्ने छ ।

त्रिविले पुस महिनामा प्रवेश परीक्षा र भर्ना हुने समय तोकेको छ । माघ १ गतेदेखि पढाइ सुरु गर्ने, २०८२ वैशाख ४ गतेदेखि परीक्षा सञ्चालन गर्ने र असोज १ गते नतिजा प्रकाशन गर्ने त्रिविको प्रस्तावित क्यालेण्डरमा उल्लेख छ ।

दोस्रो सेमेस्टरको पढाइ २०८२ जेठ ३ गते, तेस्रोको २०८२ मंसिर १ र चौथो सेमेस्टरको पढाइ २०८३ वैशाख ४ गते सुरु हुनेछ ।

यो क्यालेण्डर इन्स्टिच्युट अफ मेडिसिन बाहेक स्नातकोत्तर तहका सबै संकायमा लागू हुने त्रिविको भनाइ छ ।

विद्यार्थीसँग माग्यो त्रिविले प्रतिवद्धता

 

उत्तरपुस्तिका परीक्षण प्रदेशस्तरमा

 

समकक्षता सरलीकरण बनाउँदै

 

विश्वविद्यालयबारे इन्टरनेसनल अडिट गराउने