२०८१ मंसिर ३ , सोमवार

बिहीबार वर्षकै बढी गर्मी

सुनाखरी न्युज/ काठमाडौं ।
धनगढीको तापक्रम बिहीबार यस वर्षको हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा उक्लियो । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढीमा बिहीबारको अधिकतम तापक्रम ४४।१ डिग्री सेल्सियस पुगेको थियो । जुन देशभरिमा यस वर्षको हालसम्मकै अधिकतम तापक्रम मापन भएको हो ।

 

न्यूनतम तापक्रम ३०.२ डिग्री सेल्सियस थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार यसअघि सबैभन्दा धेरै ४३।६ डिग्री सेल्सियस तापक्रम भैरहवामा मापन भएको थियो । काठमाडौंको तापक्रम गत शनिबार र बिहीबार ३४ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । बिहीबार यस वर्षकै धेरै गर्मी महसुस गरिएको थियो ।