२०८१ कार्तिक ३० , शुक्रवार

नारायणघाटमा एनसेलको नयाँ एनसेल सेन्टर उद्घाटन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले नारायणघाट, चितवनमा आफ्नो नयाँ एनसेल सेन्टर खोलेको छ । ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवाप्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ लायन्स चोक (होटल रेड कार्पेट भवन), नारायणघाटमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको हो ।एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ आज बिहिबार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका थिए । यो सेन्टरबाट ग्राहकहरुले सबै किसिमका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईंकै लागि’अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिमखरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सकिने जनाए । यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

सेन्टर उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै चीफअफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले भने, “नारायणघाटमा खोलिएको नयाँ एनसेल सेन्टरबाट गुणस्तरीय ग्राहक सेवाप्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिन पाउँदा हामी हर्षित छौं । ‘हामी तपाईंकै लागि’अर्थात नेपाल र नेपालीकालागि हौं र यही थिममा आधारित भई ग्राहक सेवाका लागि स्थानिय स्तरमा नै उपस्थिती जनाई ग्राहकहरुलाई ‘सधैं अन’ रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्याउनु हाम्रो उदेश्य रहेको छ ।”

उक्त अवसरमा कम्पनीको ‘सधैं अन’ योजनाका बारेमा बोल्दै उनले यो यस्तो प्रकारको नेपालमा नै पहिलो योजना भएको र यसले मोबाइल डेटामा प्याक सकिएपश्चात मेन ब्यालेन्स काटिने समस्या हटाएर सेवामा पहुँच अझ सहज र सुलभ बनाएको बताए । “यसले प्रयोगकर्ताहरूलाई आफ्नो मेन ब्यालेन्स काटिने डर नराखीआफ्नो डेटा सधैंअन राख्न मद्दत गर्दछ किनकिआजको डिजिटल युगमा धेरै कार्यहरू अनलाइन मार्फत नै गरिने हुनाले उनीहरू सधैं अनलाइन रहनुपर्दछ,” उनले भने ।

आइतबार देखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकहरुलाई सेवाप्रदान गरिने कम्पनीको भनाइ छ । यस अघि एनसेलले पुल्चोक, नारायणघाटमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवाप्रदान गर्दैै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहजबनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा भन्दा बढि एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।