२०८१ आश्विन ५ , शनिवार

बलिउड प्रेम जोडी मलाइका अरोरा र अर्जुन कपुर अलग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड प्रेम जोडी मलाइका अरोरा र अर्जुन कपुर अलग भएका छन् । उमेर अन्तर भएपनि उदाहरणीय जोडीको रुपमा चर्चित उनीहरुले ‘सम्मानजनक’ ढंगले प्रेम सम्बन्ध टुंग्याएको स्रोतलाई उद्धृत गर्दै बलिउड पोर्टल पिंकभिल्लाले जनाएको छ ।

अर्जुन र मलाइकाको सम्बन्धको चर्चा सन् २०१८ देखि सुरु भयो, जब उनीहरु एकसाथ एक फेसन शोमा सँगै देखिए । मलाइकाको ४५ औं जन्मदिनमा उनीहरुले सम्बन्धलाई सार्वजनिक गरे । त्यसपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थाले ।