२०८१ मंसिर ७ , शुक्रवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, के को कति ? सूचि सहित

petrol-disel-pump-petrolium-noc-oil

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले शनिबारदेखि लागू हुनेगरी  पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

 

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ ।

 

सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर जोडेको छ । तर भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा पनि मूल्य घटेको हो ।