२०८१ पुष ८ , सोमवार

काठमाडौं महानगरले माग्यो २५८ जना नगर प्रहरी

kathmandu

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले २५८ जना नगर प्रहरी जवान माग गरेको छ ।

शनिबार एक सूचना प्रकाशित गरी महानगरपालिकाले  २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको हो ।

 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना छनोटका क्रममा वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई महानगरपालिकाले दरखास्त दिन आग्रह गरेको छ ।

 

७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित दरखास्त पेश गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।