२०८१ मंसिर १३ , बिहिवार

बजेट प्रति सत्ता साझोदारकै असहमति, एकाले अध्यक्ष ओलीले भने – हामीसँग सल्लाह नै गरिएन

KP_OLI

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको टिप्पणी गरेका छन् ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै शनिबार उनले सरकारमा रहेका दलहरुबीच सल्लाह गरेर बजेट ल्याएको भए राम्रो हुने बताए ।

‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ’, उनले भने ।

ओलीले बजेटमा यो गम्भीर त्रुटि रहेको भन्दै यस विषयमा संसदमा खुलस्त छलफल गर्ने बताए । सांसदहरुले आफ्नो क्षेत्रमा बजेटको अवस्था के छ, कटौती भएको छ र अन्य क्षेत्रमा गएको छ भने कुरा उठाउन सक्ने उनले बताए ।