सुनाखरी न्युज/ काठमाडौं ।
बुढानिलकण्ठ सुनचाँदी ब्यवसायी संघ काठमाडौको अध्यक्षमा भीष्म गौतम निर्वाचित हुनु भएको छ । संघको हालै सम्पन्न बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनवाट गौतम अध्यक्षमा निर्वाचति हुनु भएको हो ।
संघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा प्रमाणपत्र वितरण समारोहका अवसरमा शनिबार काठमाडौंमा अखायोजना गयिएको कार्यक्रममा काठमाडौको बुढानिलकण्ठ क्षेत्रमा रही सुरचाँदी क्षेत्रमा आवद्ध ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठको प्रमूख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमूख अतिथि श्रेष्ठले सुनचाँदी पेशा ब्यवसायमा आवद्ध ब्यवसायीहरु एकजुट भई संघ खडा गरेकोमा खुशी ब्यक्त गर्दै आम ब्यवसायीको हक अधिकारको सुनिश्चतताका लागि निरनतर कृयाशिल हुनुपर्ने खाँचो औंल्याउनुभयो ।
त्यसक्रममा संघका नवनिर्वाचित अध्यक्ष गौतमले काठमाडौं भित्रै रहेर पनि यस क्षेत्रमा ब्यवसायीहरु एकजुट भई आफ्नो हक अधिकारको सुनिश्चितताका लागि आवाज वुलन्द गर्न नसकीरहेको अवस्थस्थामा ती आवश्यकताहरुको परिप्रर्तिका लागि संघ गठन गरी अगाडि बढ्न बाध्य भएको बताउनुभयो ।
कार्यक्रममा संघको निवर्तमान अध्यक्ष दीपा गौतमले संघको नवनिर्वाचित कार्य समितिलाई कार्यभार हस्तान्तरण गर्नुभएको थियो । भिष्म गौतमको अध्यक्षतामा गठीत समितिको उपाध्यक्षमा प्रदीप विश्वकर्मा, सचिवमा दिल बहादुर रुचाल, कोषाध्यक्षमा साधुराम सोनार तथा सदस्यहरुमा क्रमशः डिराज शंकर, उमेश वि.क., वैकुष्ठ विश्वकर्मा, लालमायाँ विश्वकर्मा र सरिता विश्व रहनु भएको छ ।