सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ।शुक्रबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५० रूपैयाँ पुगेको छ।