२०८१ आश्विन ५ , शनिवार

मिस्टर बिस्ट बने विश्वमै धेरै पछ्याइने युट्युव स्टार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘मिस्टर बिस्ट’ नामक च्यानल विश्वमा सर्वाधिक धेरै पछ्याइने युट्युव च्यानल बनेको छ । अमेरिकी युट्युवर जिम्मी डोनाल्सनको यो च्यानललाई २६ करोड ६९ लाख भन्दा बढीले सब्सक्राइब गरेका छन् ।भारतीय म्युजिक कम्पनी टी-सिरिजको च्यानल दोस्रो स्थानमा झरेको छ ।

मनोरञ्जनात्मक भिडियो सामाग्री र दर्शकसँग निरन्तर जोडिएको कारणले पछिल्लो समय मिस्टर बिस्टलाई पछ्याउनेको संख्या ह्वात्तै बढेको अनुमान छ ।नेपालमा समेत मिस्टर बिस्टका प्रशंसक ठूलो संख्यामा छन् ।

खासगरि, तन्नेरी पुस्ताका युट्युव प्रयोगकर्ता उनलाई धेरै पछ्याउँछन् । हालैको महिनामा मिस्टर बिस्टको एक समूह सिन्धुपाल्चोकमा अस्पतालको निर्माण गर्न नेपालमा थियो ।