२०८१ आश्विन ५ , शनिवार

नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ र ‘पाउलो’ रसियाको फिल्म फेसिटभलमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लघुचलचित्र ‘द स्कुलवाल’ रसियाको किनो फेस्टिभलको फाईनलमा पुगेको छ । सेप्टेम्बर १२ देखि १६ सम्म रसियाको क्रेस्टोभय ५ मा आयोजना हुने चलचित्र महोत्सवमा नेपालको अर्को लघुचलचित्र ‘पाउलो’पनि छनोट भएको छ ।बालमनोविज्ञानमा आधारित ‘द स्कुलवाल’यसअघि नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्मएक्स्पो र बेलायतको लिफ्ट अफ फिल्म मेकर सेसन्समा छनोट भएको थियो ।

काठमाडौंमा भर्खरै सम्पन्नभएको काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभलमा ‘द स्कुलवाल’छनोट भएर राष्ट्रिय सभा गृहमाप्रदर्शनसमेत भईसकेको छ । लघुचलचित्रमा श्लोक साहले मुख्यभुमिकानिर्वाह गरेका छन् । अन्यचर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीताश्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाल लगायत सेलीब्रेशन स्कूलका विद्यार्थीहरुको अभिनय रहेको छ ।लघु चलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माण समेत गरेका छन् ।

‘द स्कुलवाल’मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्तापालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुतगरिएको निर्माण पक्षले जनाएको छ । काम गर्ने ठाउँको अगाडिबाट विद्यार्थीहरु विद्यालय गईरहँदा उसलाई पनि पढ्ने रहरले विद्यालयसम्मतानेर लैजान्छ । पारिवारिक, आर्थिक समस्या र बाध्यात्मक परिस्थिति बिच उसले अनेक तरहका उपाएहरु अपनाएर विद्यालय भित्र प्रवेश गर्न सफल हुन्छ तर त्यो खुशी धेरै समय टिक्दैन र कथाले अर्कै मोड लिन्छ । एउटा बालकले पढ्ने रहरको लागि के के सम्मगर्न सक्छ भन्ने कुरालाई चलचित्रले देखाउन खोजेको यसकानिर्माता सुरेन्द्र क्षेत्री बताउँछन् ।

रसियामा छनोट भएको अर्को नेपाली सर्टफिल्म‘पाउलो’यसअघि भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल ’आईसीएफसी’को नोमिनेशनमा परेको थियो । जुत्ताको कथावस्तु रहेको लघुचलचित्र ’पाउलो’ मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहनश्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चलकार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । लघुचलचित्र ‘पाउलो’पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ ।

मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाहपश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवन कथा प्रस्तुत गरिएको निर्माण टीमले बताएको छ ।
कलाकार वापात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ । लघु चलचित्र ‘पाउलो’ मापनि एउटा जीवन्तकथा र समाजको यथार्थ चित्रण रहेको छ ।जुत्ताएउटा सामाग्री मात्र हैन, मानवीय अनुभुतीहरू पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । जुत्ताको कथा रहेको ’पाउलो’ लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्तातथाचप्पलहरुको उत्पादनतथावितरण गर्दै आइरहेको छ ।

काठमाडौंमा छायांकन गरिएको दुवै लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिलकुमार महर्जन र सहायक निर्देशन करन साउदको रहेको छ । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र ‘द स्कुलवाल’ र ‘पाउलो’को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । उनले यसअघि निर्माण गरेका लघु चलचित्र ‘भाउ’, ‘घुर्रा’, विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विभिन्न देशहरुमा प्रदर्शन समेत भईसकेको छ । एक सटमा खिचिएको ’घुर्रा’ले नेपालमा केहि समयअघि आयोजना भएको नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट लघुचलचित्रको अवार्ड समेत प्राप्त गरेको थियो ।