२०८१ मंसिर ३ , सोमवार

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाद्धारा अन्तर संवाद कार्यक्रम आयोजना

ddd

सुनाखरी न्युज/ काठमाडौं ।
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाको आयोजनामा गोरखा नगरपालिका २ कोखे आहालेमा ‘सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आवश्यक’ शीर्षकमा अन्तर संवाद कार्यक्रम आयोजना भयो ।

मानव अधिकार तथा शान्ति समाज गोरखा शाखाकी सभापति गोमा दुवाडीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज केन्द्रिय कार्य समितिमा सचिव सिताराम तिवारीले मानव अधिकार तथा शान्ति समाज द्धारा तयार गरिएको सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आवश्यक शीर्षकमा अवधारणा पत्र प्रश्तुत गर्नुभयो ।

उक्त कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय कोषाध्यक्ष एवं गोरखा शाखाका पूर्व सभापति स्थानेश्वर दुवाडीले शुभकामना मन्तब्यका साथै सहभागीहरुको जिज्ञासाको जवाफ दिनु भएको थियो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज गोरखाका पुर्व सभापति यदु अधिकारी, गोरखा नगरपालिका वडा नं २ की वडा सदस्य रंजिता थापा मगर , तारादेवी विश्वकर्मा समेतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन गोरखा शाखा उपसभापति सरद श्रेष्ठले गर्नुभएको थियो ।

सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आवश्यक शीर्षकमा अवधारणा पत्र: