२०८१ मंसिर १३ , बिहिवार

पिच रोक्न महानगर प्रहरी न्युरोड पुगेपछि सडक विभाग र नगर प्रहरीबीच विवाद

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच खनेको थियो ।

तर डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई भनेको थियो ।महानगरपालिकाले नमानेपछि आज बिहान डिभिजन सडक कार्यालयको टोलीले आफैं पिच गरिरहेको छ ।

तर नगर प्रहरी पुगेपछि विवाद भयो ।अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ ।