२०८१ मंसिर ८ , शनिवार

टाटा स्टिलले बेलायतमा १ हजार कर्मचारी निकाल्दै

tata steel

 

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय बहुराष्ट्रिय स्टिल कम्पनी टाटा स्टिलले बेलायतमा १ हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ । डिकार्बोनाइजेशन प्रयासहरूको एक भागको रूपमा टाटा स्टिलले ब्लास्ट फर्नेस (बीएफ) प्रकृयाबाट इलेक्ट्रिक आर्क फर्नेस (इएएफ ) प्रक्रियामा रुपान्तरण हुने क्रममा कर्मचारी कटौती गर्न लागेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।कम्पनीले विश्वव्यापी पुनःसंरचनाको योजना अन्तर्गत यस्तो गर्न लागेको हो ।

दुई तिहाई कटौती व्यवस्थापन तह र कार्यालयमा आधारित काममा हुने कम्पनीले बताएको छ । रोजगारी कटौती आवश्यक रहेको तर क्रिस्मस नजिकिदैं गर्दा गरिएको यो घोषणा ‘नृशंस’ भएको टाटा स्टिलको यूरोप सीईओ हेनरिक अदामले भने । धेरै कर्मचारीहरुले आफ्नो जागिर गुमाउने डर बढेपछि बेलायतका धेरै मजदुर युनियनहरूले टाटा स्टिलको निर्णयको विरोध गरेका छन् ।कम्पनीले गत हप्ता मात्रै यूरोपेली व्यवसायबाट ३ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । कम्पनीमा विश्वभर २० हजार कर्मचारी कार्यरत छन् ।

उच्च मूल्यका स्टिलको विक्री बढाउने, उत्पादन प्रक्रियाको उच्चतम् सदुपयोग गर्ने र खरीदको लागत घटाउने लगायत उपायहरु अपनाएर टाटाले कम्पनीको वित्तीय प्रदर्शन सुधार्ने अपेक्षा गरिएको छ । एजेन्सी