२०८१ मंसिर १३ , बिहिवार

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार सेयर बजार परिसूचक नेप्से ३.९७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०७९ अंकमा झरेको छ । नेप्से घट्दा कारोबार रकम पनि खुम्चिएको छ ।

दिनभर कुल ४ अर्बको कारोबार भयो । हिजो ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । ११० कम्पनीको मूल्य बढ्दा १२९ को घट्यो भने ८ को स्थिर रह्यो ।

यस दिन माइक्रोफाइनान्सबाहेक सबै क्षेत्रका सूचक घटेका छन् । माइक्रोफाइनान्स समूहको सूचक २.४३ प्रतिशत (१०६ अंक) बढ्यो । बैंकिङ ८, विकास बैंक १२, होटल तथा पर्यटन ४५, फाइनान्स ०.०६, हाइड्रोपावर ३, जीवन बीमा २०, उत्पादन ६९, निर्जीवन बीमा ७१, अन्य ६ र व्यापार समूह १ अंक घटे ।